राजनीति


केन्द्रीय कार्यालय धुम्बाराहीमा आज एमालेको साइनबोर्ड राखिने

केन्द्रीय कार्यालय धुम्बाराहीमा आज एमालेको साइनबोर्ड राखिने

नेपालखबर
फागुन २५, २०७७ मंगलबार २:२६,

नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज एमालेको साइनबोर्ड राख्ने भएको छ। नेकपाको साइनबोर्ड निकालेर धुम्बाराहीमा एमालेको साइनबोर्ड राख्न लागिएको हो।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै देशका कतिपय जिल्लामा एमाले पक्षले नेकपाको साइनबोर्ड हटाएर एमालेको राखिसकेको छ।

सर्वोच्चले एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि पूर्व एमाले खेमा बढी उत्साहित देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad