राजनीति


सर्वोच्च अदालतले एमाले ब्युँताइदिएछि गोकुल बास्कोटा हर्षित, प्रचण्ड–नेपाललाई बिहानै व्यंग्य

सर्वोच्च अदालतले एमाले ब्युँताइदिएछि गोकुल बास्कोटा हर्षित, प्रचण्ड–नेपाललाई बिहानै व्यंग्य

नेपालखबर
फागुन २४, २०७७ सोमबार २:४२,

नेकपा नाम विवादमा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वाेच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को वैधानिकता बदर गर्दै यसमा एकीकृत तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पूर्वमन्त्री गोकुल बास्कोटाले खुसी प्रकट गरेका छन्।

पूर्वएमाले खेमाका नेकपाका नेता बास्कोटाले प्रचण्ड–नेपाल पक्षलाई व्यंग्य पनि गरेका छन्।

‘आफैं पुनर्स्थापनाको माग गरे अनि बहिष्कार, त्यो पनि सदन चल्न हुँदैन भनेर। सूर्य पूर्वबाटै उदायो त किन हत्तु हैरान बनाउदै दौड्या हुन्,’ आज बिहानै सामाजिक सञ्जालमार्फत बास्कोटाले व्यंग्य गरेका छन्, ‘अस्ति त अग्रगमन भो भनेर लड्डु बाँड्या थे।अब ए–कता वा एकता जे चाहिया,सो पाइया छ। फेरि क्याउँक्याउँ? सकिएन बा ! हे, कम्फरटेबल लौन, केही नयाँ चटक गर।’

आफूले २०६९ सालमा नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) दल निर्वाचन आयोगमा दर्ता गराइसकेको अवस्थामा माओवादी केन्द्र र एमालेले पनि पार्टी एकता गरी नेकपा नामको दल दर्ता गराएको भन्दै २ वर्षअघि ऋषि कट्टेलले दिएको मुद्दाको फैसला सर्वाेच्च अदालतले आइतबार सुनाएको हो। जसमा कट्टेलकै नेकपाले मान्यता पाउने र सत्तारूढ नेकपाको दर्ता बदर हुने उल्लेख छ। साथै साविककै एमाले र माओवादी केन्द्र दलका रूपमा यथावत् रहने पनि अदालतले निर्णय गरेको छ।

याे पनि :  सर्वाेच्च अदालतले नेकपाको दर्ता बदर गरेकोबारे ईश्वर पोखरेलले पनि दिए प्रतिक्रिया

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad