विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक निकायहरुमा नियुक्ति गर्दा राजनीतिक भागवण्डा गरिएको कारण अहिलेको संकट निम्तिएको बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् मिश्रले न्याय परिषद्, बार एसोशिएशन र संवैधानिक आयोगहरुमा राजनीतिक भागवण्डा गरेर मान्छेहरु नियुक्ति गर्दा अहिलेको संकट निम्तिएको बताएका हुन्।
‘अब फेरि न्यायलयमा राजनीतिक भागबण्डा गर्ने? फेरि न्याय परिषद, संवैधानिक आयोगमा भागबण्डा गर्ने?बार एसोशिएशनमा पार्टीगत प्यानल खडा गर्ने?’ ट्वीटरमा उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘के गरिस् मंगले आफ्नै ढङ्गले’ भनेको यही हो। भन्न त ‘ठिक्क पर्यो’ भन्न मन लागेको थियो तर भनेर के गर्नु अति भयो। यी सबै राजनीतिकरण बन्द गरौँ।’
अब फेरि न्यायलयमा राजनीतिक भागबण्डा गर्ने? फेरि न्याय परिषद, संवैधानिक आयोगमा भागबण्डा गर्ने? बार एसोशिएशनमा पार्टीगत प्यानल खडा गर्ने? 'के गरिस् मंगले आफ्नै ढङ्गले' भनेको यही हो। भन्न त 'ठिक्क पर्यो' भन्न मन लागेको थियो तर भनेर के गर्नु! अति भयो। यी सबै राजनीतिकरण बन्द गरौँ।
— Rabindra Mishra (@RabindraMishra) March 8, 2021Shares

प्रतिक्रिया