राजनीति


नेकपा बदरको फैसलाविरुद्ध निर्णय गर्न प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा बदरको फैसलाविरुद्ध निर्णय गर्न प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपालखबर
फागुन २४, २०७७ सोमबार २:०,

सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि यस पार्टीको प्रचण्ड–नेपाल पक्षले गम्भीर असहमति जनाएको छ।

सरोकार नै नभएको विषयमा ‘राजनीतिक प्रवृत्तिको’ फैसला भएको ठहर गरेको प्रचण्ड–नेपाल पक्षले यस विषयमा छलफल गर्न आज स्थायी कमिटीको बैठक राख्ने भएको छ। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बिहान ११ बजे नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा स्थायी कमिटीको बैठक बस्नेछ। 

सर्वोच्च अदालतको फैसलाबारे आइतबार साँझ प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सर्वोच्चको फैसला बढी राजनीतिक प्रवृत्तिको भएको पाइयो। सोमबार स्थायी कमिटी बैठक बसेर हामी आवश्यक निर्णय गर्छौं।’

सर्वोच्च अदालतले ‘जबर्जस्ती जोड्न खोजेको र त्यसबाट राम्रो नहुने’ चेतावनी पनि उनले दिएका छन्।

यस्तै प्रवक्ता श्रेष्ठले फैसला ‘सोच्नै नसकिने’, ‘आश्चर्यचकित र स्तब्ध’ बनाउने खालको भएको प्रतिक्रिया दिएका छन्।

‘फैसलाले रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित विषयमा प्रवेश गरी निर्णय दिएको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘सर्वोच्च अदालतको एउटा इजलासले हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ।’

याे पनि : यस्तो छ सर्वाेच्च अदालतको फैसला पाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad