राजनीति


राजनीतिक प्रकृतिको फैसला आयो, भोलि स्थायी समितिबाट निर्णय गर्छौं : प्रचण्ड

राजनीतिक प्रकृतिको फैसला आयो, भोलि स्थायी समितिबाट निर्णय गर्छौं : प्रचण्ड

नेपालखबर
फागुन २३, २०७७ आइतबार १४:३४,

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारको सर्वोच्च अदालतको फैसलापछि आगामी राजनीतिक प्रक्रियामा जबर्जस्ती गरे त्यसले राम्रो परिणाम नल्याउने चेतावनी दिएका छन्।

अदालतको फैसलाले नेकपा भन्ने पार्टीमा ऋषिराम कट्टेलको आधिकारिकता दाबी रहेको फैसला सुनाएपछि आइतबार साँझ कानून व्यावसायीसँगको छलफलपछि उनले सो प्रतिक्रिया जनाएका हुन्।

प्रचण्ड र पार्टीका अर्का नेता माधवकुमार नेपालसहितका नेताहरुले सिंहदरबारमा कानुन व्यवसायीसँग अब कसरी अघि बढ्ने भनी परामर्श गरेका थिए।

सो छलफलपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला बढी राजनीतिक भएको टिप्पणी समेत गरे।

“सर्वोच्चको फैसला बढी राजनीतिक प्रवृत्तिको भएको पाइयो। भोलि स्थायी कमिटी बैठक बसेर हामी आवश्यक निर्णय गर्छौँ,’ उनले भने।

आफूहरुले अदालतबाट त्यस्ता फैसला आउने अपेक्षा गरेका नगरेको पनि बताए। ‘जबर्जस्ती जोेड्न खोजियो भने त्यसबाट राम्रो हुँदैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad