ad ad

राजनीति


संसद सचिवालयले दर्ता गरेन प्रचण्ड–नेपाल समूहको निर्णय

संसद सचिवालयले दर्ता गरेन प्रचण्ड–नेपाल समूहको निर्णय

नेपालखबर
फागुन २३, २०७७ आइतबार ९:२,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको संसदीय दलको निर्णय संसद सचिवालयले दर्ता गर्न आनाकानी गरेको छ।

आइतबार दिउँसो शुक्रबार बसेको संसदीय दलको बैठकको निर्णय लिएर संसद सचिवालय पुगेका नेकपा नेताहरु निर्णय दर्ता नभएपछि अहिले संसद सचिवालयमै छन्।

‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरेका लगायतका संदीय दलको निर्णय लिएर आएको थियौँ’, एक सांसदले नेपालखबरसँग भने, ‘संसद सचिवालयले दर्ता गर्न आनाकानी गरेपछि अहिले महासचिव डा. भरत पौड्यालसँग शीर्ष नेताहरु छलफलमा हुनुहुन्छ।’

ती सांसदलेमहासचिव पौड्यालले कानुनी प्रक्रिया बुझेर मात्रै दर्ता गर्ने बताएको जानकारी दिए।

अहिले महासचिव पौड्यालसँग नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु छलफलमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .