ad ad

राजनीति


पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज, के–के छन् कार्यक्रम?

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज, के–के छन् कार्यक्रम?

नेपालखबर
फागुन २२, २०७७ शनिबार २३:४५,

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन्। तर यो कदम असंवैधानिक भनी दर्ता गरिएका दर्जनभन्दा बढी रिटको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यही फागुन ११ गते संसद् पुनर्स्थापना गरेको हो।

त्यही क्रममा १३ दिनभित्र संसद् बैठक राख्न दिइएको आदेशअनुसार आज अपराह्न ४ बजे सातौं अधिवेशन सुरु गर्न लागिएको हो।

यसका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रमका सूची तयार पारेको छ।

जसअनुसार बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन्। यस्तै राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ।

अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ।

तर बैठक सुरु हुनुअघिसम्म सम्भावित कार्यक्रम थपघट हुन सक्ने संसद् सचिवालयले जनाएको छ।

हेर्नुहोस्, संसद् सचिवालयले आजका लागि तय गरेको सम्भावित कार्यक्रम : 

ParliamentNotice

साथै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने र नयाँ प्रधानमन्त्री चयन हुने सम्भावनासमेत रहेका कारण आज सुरु हुन लागेको संसद् अधिवेशनलाई उत्सुकतापूर्वक हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .