राजनीति


मिडिया नेपालको अध्यक्षमा गोपाल पौडेल

मिडिया नेपालको अध्यक्षमा गोपाल पौडेल

नेपालखबर
फागुन २२, २०७७ शनिबार १६:५७,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट पत्रकारहरुको संस्था मिडिया नेपालको राष्ट्रिय भेला नौ–बुँदे घोषणापत्र जारी गर्दैसम्पन्न भएको छ।

शनिबार बुटवलमा भएको भेलाले गोपाल पौड्याललाई सो संस्थाको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

भेलाले पौड्यालको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति पनि सर्वसम्मतिले चयन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जनाएका छन्।

उनका अनुसार सदस्यहरुमा हेमबाबु लेखक, सूर्य बाँस्तोला, श्रीधर सुवेदी, मुकुन्द ढुंगाना, राधिका जोशी, मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाईं, बिजय राउत, पुरु दाहाल, निरन राज बाना, अंगद देवकोटा, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन भट्ट, बिजय नेपाल, विकल रेग्मी, दिनेश सिटौला, काशी शर्मा, विकल श्रेष्ठ, दिलमाया तामाङ, सुवास खवास, गणेश शर्मा, राजेन्द्र बस्नेत, सुरेश शिल्पकार, दिपेशराज थारु र अनिल श्रेष्ठ चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad