समाज


धनगढीमा सञ्चालनको तयारीमा रहेको फर्निचर उद्योगमा आगलागी (भिडिओ)

धनगढीमा सञ्चालनको तयारीमा रहेको फर्निचर उद्योगमा आगलागी (भिडिओ)

नेपालखबर
फागुन २२, २०७७ शनिबार ८:५,

कैलालीको धनगढीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ।

शनिबार मध्यान्ह धनगढी उपमहानगरपालिका– ४ चटकपुरस्थित एक फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ।

सञ्चालनको तयारीमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्योगमा आगलागी भएको हो।

May be an image of one or more people, people standing, fire and outdoors

अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शम्शेर जबराले बताए।

उनका अनुसार आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अत्तरियाको दमकल ल्याइएको छ।

May be an image of one or more people, people standing and outdoors

आगलागी भएको स्थानको केही सय मिटर पर नेपाल आयल निगमको धनगढी डिपोसहित ट्यांकरहरु रहेका छन। यद्धपि आगलागी थप फैलन नपाएको जबराले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad