राजनीति


प्रहरी हिरासतबाट छुटे विप्लव नेता धर्मेन्द्र बाँस्तोला

प्रहरी हिरासतबाट छुटे विप्लव नेता धर्मेन्द्र बाँस्तोला

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ५:८,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले केही समय अगाडि हिरासत मुक्त गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।

आगजनी तथा संगठित अपराधको मुद्दामा उनलाई काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई श्रीमतीको जिम्मामा छाडिएको एसपी खत्रीले बताए।

उनी ९ दिनदेखि काभ्रेको हिरासतमा थिए। दुई वर्षअघि नेकपालाई प्रतिबन्ध लगाएपछि विप्लव समूहका डेढ सय नेता कार्यकर्ता थुनामा छन्। तीमध्ये धेरैजसोलाई आजै छाड्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।

हिरासतमा २ सचिवालय सदस्य र ५ केन्द्रीय सदस्य समेत रहेका छन्।

सरकार विप्लव नेकपाबीच बिहीबार तीन बुँदे सहमति भएको थियो। सहमतिपछि शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विप्लव र प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने तयारी रहेको छ।

यो पनि :
शुक्रबार छुट्दै विप्लवका दाजु, कहाँ छन् पक्राउ परेका ७ केन्द्रीय नेता?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad