समाज


कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु, एक प्रहरी पनि घाइते

कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु, एक प्रहरी पनि घाइते

गोकुल जोशी
फागुन २०, २०७७ बिहिबार १५:१३,

कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको छ।

जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा नजिक नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र भारतीय तस्करबीच मुडभेड हुँदा एक जना भारतीय तस्करको ज्यान समेत गएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमर थापाका अनुसार गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले गोली प्रहार गरेका थिए। त्यस पछि प्रतिरक्षा गर्न नेपाली पक्षले पनि जवाफी गोली प्रहार गर्दा भारतीय तस्करको मृत्यु भएको हो।

‘गोली लागेर गम्भीर घाइते भएका भारतीय तस्करको अस्पतालमा उपचारका क्रममा मृत्यु हो’ उनले नेपालखबरसँग भने।

चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो। भारतीय तस्करको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन्।

प्रहरीका अनुसार अन्य ३ जना तस्कर भने फरार भएका छन्। उनीहरुको साथबाट लागुऔषध र नक्कली नोट बनाउने कागजात पनि बराबर गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापा नेतृत्वको टोली अहिले घटनास्थलतर्फ गएको छ। कञ्चनपुर प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणमा सक्रियता देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad