राजनीति


देउवाकाे प्रधानमन्त्री बन्ने अभिव्यक्तिलगत्तै रामचन्द्र पौडेलले भनेः कांग्रेस सरकारमा जानुहुन्न

देउवाकाे प्रधानमन्त्री बन्ने अभिव्यक्तिलगत्तै रामचन्द्र पौडेलले भनेः कांग्रेस सरकारमा जानुहुन्न

नेपालखबर
फागुन १९, २०७७ बुधबार १२:७,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने धारणा राखेका छन्।

सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नुपरे पछि नहट्ने प्रतिक्रिया दिएलगत्तै पौडेलको यस्तो धारणा सार्वजनिक भएको हो।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘नेपाली कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकाले यस समयमा कांग्रेसले प्रतिपक्षमा बस्नु उचित हुन्छ।’

आफूहरु सानो संख्यामा रहे पनि भूमिका र जिम्मेवारी ठूलो भएको उनले उल्लेख गरेका छन्।

‘यद्यपि हामी सानो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’, उनले फेसबुकमा लेखेका छन्, ‘कांग्रेसले हैसियतअनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ।’

सभापति देउवाले चितवनमा आयोजित एक कार्यक्रममा आफूले पद नमागेको तर सरकारमा जानैपर्ने भएमा नेतृत्व पाए पछि नहट्ने अभिव्यक्ति दिएका थिए। 

नेपाली काँग्रेसलाई जनताले ५ बर्ष प्रतिपक्षमा बस्ने म्याण्डेट दिएकाले यस समयमा काँग्रेसले प्रतिपक्षमा बस्नु उचित हुन्छ...

Posted by Ram Chandra Paudel on Wednesday, March 3, 2021

चितवनमै महामन्त्री शशांक कोइरालाले पनि नेकपा फुटाउनकै लागि भए पनि अहिले कांग्रेस सरकारमा जानुपर्ने बताएका थिए।

यसअघि पौडेल स्वयंले प्रचण्ड–नेपाल पक्षीय नेकपालाई बलियो साथ र समर्थन गर्दै आएका थिए। तर आज देउवाको भनाइलगत्तै पौडेलले सरकारमा कांग्रेस जान नहुने बताएका हुन्।

सत्तारुढ नेकपा विभाजित अवस्थामा छ। सर्वोच्च अदालतले पुस ५ को प्रतिनिधि सभा विघटन गर्ने सरकारी कदम बदर गरिदिएपछि प्रचण्ड–नेपाल पक्षलाई अहिले कांग्रेसको साथ अनिवार्यजस्तै देखिएको छ।

विघटनलगत्तै प्रचण्ड र माधव नेपाल दुवै जनाले देउवानिवास बूढानीलकण्ठ पुगेर पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता समीकरणबारे छलफल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad