अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पदबाट नहट्दै कोरोनाविरुद्ध खुसुक्क खोप लगाएको अहिले खुलासा भएको छ।
ट्रम्पका पति–पत्नीले नै गत जनवरीमा ह्वाइट हाउस (राष्ट्रपति कार्यालय) मा कोरोनाविरुद्ध खोप लगाएको रहस्य ट्रम्पका सल्लाहकारले खुलाएका हुन्।

आइतबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा ट्रम्पले आफ्ना समर्थकलाई कोरोनाविरुद्ध खोप लगाउन सल्लाह दिएलगत्तै उनका सल्लाहकारले उनको दम्पतीले पहिल्यै खोप लगाइसकेको कुरा सीएनएनसँग बताएका हुन्।
तर उनीहरूले कुन कम्पनीको खोप र कति डोज लगाए भन्नेबारे खुलाइएको छैन।

प्रतिक्रिया