राजनीति


संसद पुनर्स्थापनापछि प्रचण्ड-नेपाल पक्ष ‘ब्याक गियर’ लगाउन बाध्य : महेश बस्नेत

संसद पुनर्स्थापनापछि प्रचण्ड-नेपाल पक्ष ‘ब्याक गियर’ लगाउन बाध्य : महेश बस्नेत

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १४:३९,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले प्रचण्ड-माधव पक्ष संकटमा परेको जिकिर गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता बस्नेतले सर्वोच्च आदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न चाहने प्रचण्ड-माधव पक्षलाई नै संकट परेको बताएका छन्। उनले प्रचण्ड-माधव समूह प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि फिर्ता लिनुपर्ने अवस्थामा पुगेको बताए।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई संकट हुन्छ भनेर अनुमान गरिएको फैसलाले संकट उहाँलाई होईन, संकटचाहिँ उहाँलाई संकट पार्न खोज्ने अथवा उहाँलाई पदच्युत गर्न चाहाने प्रचण्ड कमरेड र माधव कमरेडहरुको टिमलाई नै परेको जस्तो देख्छु म आजको मितिसम्म आइपुग्दाखेरी। किनभने उहाँहरुसँग फ्रन्ट गियर भन्दापनि ब्याक गियर लगाउनुपर्ने स्थिति हो। पौष ५ गते उहाँहरुले हठात प्रस्तुत गर्नुभएको अविश्वासको प्रस्ताव जसमा पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको थियो। त्यो हिजोको बैठकबाट उहाँ ब्याक हुनुभएको, फिर्ता हुनुभएको एउटा अवस्था छ। अब भोलिका दिनमा परिस्थिती उहाँहरुको निमित्त झन् असहजातर्फ गइरहेको छ।’

नेता बस्नेतले नेपाली कांग्रेस आफ्नो आन्तरिक कारण सत्ताको खेलमा नलाग्ने स्थिति भएकाले वर्तमान सरकारलाई हटाउने कुरा निकै चुनौतिपूर्ण हुने बताए। फागुन २३ गतेपछि सरकार परिवर्तन हुन्छ भन्ने अनुमान अनुमानमै सिमित हुने पनि उनको भनाई छ।

उनले भने, ‘कम्युनिष्ट पार्टी फुटेको कुरा हामीले नस्वीकारेको अवस्थामा र वर्तमान सरकारविरुद्ध औपचारिक ढंगले कुनै अविश्वासको प्रस्ताव लगायतका कुनै पनि प्रस्तावहरु नआइरहेको सन्दर्भमा कुनै नैतिक प्रश्न प्रधानमन्त्रीमाथि उठ्ने स्थिति पनि छैन र २३ गतेको संसदबाट सरकार परिवर्तन हुन्छ भन्ने अनुमान, अनुमानमै सिमित हुने होकि भनेजस्तो लक्षण देखिँदैछ।’

प्रचण्ड–माधव पक्षले औपचारिक रुपमा पार्टी फुटेको कुरालाई कतै दर्ज नगराएमा बहुमत छ भनिएको केन्द्रीय कमिटी सदस्य र सांसदहरु केपी शर्मा ओली पक्षमा आउने उनले दाबी गरे। प्रचण्ड–माधव पक्ष मुद्दा, राजनीति, कानुनी हैसियत र अंक गणितिय हैसियतमा संकटमा परेको उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad