ad ad

राजनीति


कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, आफैं सास फेर्न थाले

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, आफैं सास फेर्न थाले

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ११:२२,

मष्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ।

मंगलबार अपरान्ह अस्पतालले दिएको जानकारी अनुसार जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो।

नेता जोशीको अवस्थामा सुधार भएपछि हिजो (सोमबार) बिहानबाट भेन्टिलेटरको फूल सपोर्ट हटाई भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए।

‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ। मेसिनले सास फेराउनु परेको छैन’, डा. झाले भने, ‘उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ।’

बेहोस् अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिने डा. झाले बताए।

‘यस्ता गम्भीर बिरामीलाई श्वास फेराउन मुखबाट लामो पाइप हाल्न नपरोस् भन्ने उद्देश्यले घाँटीमा सानो प्वाल पार्ने सर्जरी गर्न लागेका हौं’, उनले भने, ‘त्यसपछि उहाँलाई हामीले बिस्तारै भेन्टिलेटरबाट निकाल्न सक्छौं कि भन्ने आशा पलाएर आएको छ।’

डा. झाका अनुसार नेता जोशीको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहे पनि खतरामुक्त भने भइसकेको छैन। ‘मष्तिष्कघात हुने व्यक्ति उपचारपछि खतरामुक्त हुन ३ देखि ४ हप्ता समय लाग्छ’, डा. झाले भने, ‘अहिलेको अवस्थालाई हामी भेन्टिलेटर सपोर्टसहितको स्पोन्टेनियस मोड भन्छौं।’

बिहीबार राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना भएका नेता जोशीको शुक्रबार शल्यक्रिया गरिएको हो।

सुरुमा वीर अस्पताल लगिएका जोशीलाई सिटी क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि शुक्रबार बिहान थापाथली स्थितनर्भिक इन्टरनेसनल अस्पताल ल्याइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .