प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले आफूहलाई प्रधानमन्त्रीभन्दा प्रतिगमनबाट मुक्ति चाहिएको बताएका छन्।
मंगलबार प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले कांग्रेस र जसपाबाट प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको बताएका हुन्।
‘कांग्रेससँग छलफल चलिरहेको छ। जसपाले के निर्णय गर्छ भन्ने हेर्न बाँकी छ,’ अध्यक्ष नेपालले भने, ‘प्रतिगमनविरुद्ध लडेका दलहरुबीचको सहमतिमै नयाँ सरकार गठन हुन्छ। हामीलाई प्रधानमन्त्री चाहिँदैन भनिसकेका छौँ।’
उनले कांग्रेस र जसपासँग छलफल गरेर सर्वसम्मत रुपमा प्रधानमन्त्री छान्न आफूहरु तयार रहेको बताए। उनले आफूहरुको प्राथमिकता प्रधानमन्त्री नभएको बताउँदै प्रतिगमनबाट मुक्ति चाहिएको बताए।
अध्यक्ष नेपालले कांग्रेस र जसपालाई प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र आग्रह गरेको र कांग्रेस र जसपाले नल्याए आफूहरुले ल्याउने प्रस्तावमा समर्थन गर्न आग्रह गरेको बताए। उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने बताए।
‘कांग्रेस र जसपालाई प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुस् हामी साथ दिन्छौँ भनेका छौँ, नभए हामीले ल्याउँदा साथ दिनुस् भनेका छौँ’, अध्यक्ष नेपालले भने।
Shares

प्रतिक्रिया