राजनीति


आफूलाई प्रचण्डले फकाएको भनी समाचार आएपछि ओली पक्षका सांसद श्रेष्ठको आपत्ति

आफूलाई प्रचण्डले फकाएको भनी समाचार आएपछि ओली पक्षका सांसद श्रेष्ठको आपत्ति

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ६:१२,

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसद कृष्णकुमार श्रेष्ठले प्रचण्डले आफूलाई मन्त्री बनाइदिने आश्वासन दिएको भनेर आएको समाचारको खण्डन गरेका छन्।

तनहुँका सांसद श्रेष्ठले मंगलबार (आज) एक दैनिक पत्रिकामा ‘तानातानमा सांसद’ शीर्षकमा प्रकाशित समाचारमा आफ्नो पनि नाम आएको भन्दै आपत्ति जनाएका हुन्।

सांसद श्रेष्ठले विज्ञप्ति जारी गरी भनेका छन्, ‘समाचारमा उल्लेख गरिएअनुसारको यो समूह वा त्यो समूहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै विश्वसनीयता छैन। मसँग कुनै पनि प्रतिक्रिया नलिईकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदछु।’

समाचारका कारण भ्रममा नपर्न र आफू जहिले पार्टी एकताका पक्षमा रहेको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायित्वको अभियानमा पनि सधैं लागिरहने प्रतिबद्धता जनाउँछु।’

तर उनले नेकपाको विवाद संसदीय दलमा प्रवेश गरेकाले सबै सांसदलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली हाेस् वा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत वरिष्ठ नेताले फोन गर्नु र भेट्न खोज्नु सामान्य भएको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad