ad ad

राजनीति


दक्षिण चीन सागरमा द्वन्द्वको खतरा, चीनले थाल्यो एक महिने युद्ध अभ्यास

दक्षिण चीन सागरमा द्वन्द्वको खतरा, चीनले थाल्यो एक महिने युद्ध अभ्यास

नेपालखबर
फागुन १७, २०७७ सोमबार ११:३६,

दक्षिण चीन सागरलाई आफ्नो सागर भएको दाबी गर्ने चीनले सोमबारदेखि यस जलक्षेत्रमा एक महिना लामो युद्ध अभ्यास थालेपछि द्वन्द्वको खतरा बढेको हो।

हालैको समयमा दक्षिण चीन सागरमा अमेरिकी नौसेनाले निगरानी बढाउन थालेका छन्। अमेरिकालाई साथ दिँदै फ्रान्सले समेत सैन्य जहाजहरु यस क्षेत्रमा पठाएको छ।

अमेरिका, फ्रान्स तथा जापानले यसै क्षेत्रमा संयुक्त सैन्य अभ्यास थाल्ने पनि समाचार आएका छन्। अमेरिका र फ्रान्स दुवैले खुला इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका छन्।

यसबीचमा चिनियाँ जनमुक्ति सेनाले हत्याधुनिक हतियारसहित यस सागरमा सैन्य अभ्यास थालेकाे छ।

अमेरिका तथा फ्रान्स सैन्य जहाज दक्षिण चीन सागर वरपर रहँदै चीनले एक महिना लामाे युद्ध अभ्यास थालेपछि द्वन्द्वको खतरा बढेको हो।

चीन समुद्री सुरक्षा प्रशासनका अनुसार चिनियाँ नौसेनाले ग्वाङदोङ प्रान्त नजिकैको जेझाउ पेनिनसुलाको ५ किलोमिटर वरपर सैन्य अभ्यास गर्नेछन्।

प्रशासनले एक महिनासम्म अर्थात् मार्च महिनासम्म दक्षिण चीन सागरको यस क्षेत्रमा कसैलाई पनि नआउने चेनावनी दिएको छ।

यसबीचमा चीनको रक्षा मन्त्रालयले आफूले एक इन्च भूमि पनि गुमाउन नचाहने बताएको छ।

‘हामी हाम्रा पुर्खाले छाडेर गएको एक इन्च जमिन पनि गुमाउन चाहँदैनौं’ चीनको रक्षा मन्त्रालयले भनेको छ,‘हामी दक्षिण चीन सागरको शान्ति र स्थायित्व कायम गर्न कटिबद्ध छौं। हामी कुनै पनि राष्ट्रको तनाव पैदा गर्ने र समुद्री स्वतन्त्रताको नाममा सैन्य उपस्थिति बढाउने कार्यको विरोध गर्दछौं।’

यस्तै चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार चीनका उत्तर, पूर्वी तथा दक्षिणी कमान्डका नौसेनाले नै दक्षिण चीन सागर, यल्लो सी र इस्ट चाइना सीमा सैन्य अभ्यास गर्नेछन्।

टेलिभिजनमा देखाइएअनुसार चिनियाँ सेनाले हेलिकप्टर, युद्धक विमान, सैन्य जाहाजको प्रयोग गरेका छन्।

यो पनिः क्वाडलाई बलियो बनाउन फ्रान्सले दक्षिण चीन सागरमा पठायो युद्धपोत

बाइडेन प्रशासन चीनलाई चिढ्याउँदै, अमेरिकी सेनाले दक्षिण चीन सागरमा थाल्यो सैन्य अभ्यास

अमेरिकाको नयाँ सरकार चीनसँग आक्रामक, भन्योः दक्षिण चीन सागरमा चिनियाँ दाबी मान्दैनौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .