ad ad

राजनीति


बाइडेन प्रशासन चीनलाई चिढ्याउँदै, अमेरिकी सेनाले दक्षिण चीन सागरमा थाल्यो सैन्य अभ्यास

बाइडेन प्रशासन चीनलाई चिढ्याउँदै, अमेरिकी सेनाले दक्षिण चीन सागरमा थाल्यो सैन्य अभ्यास

नेपालखबर
माघ २८, २०७७ बुधबार ८:२०,

फ्रान्सका नौसेनाले यसै जलक्षेत्रमा गस्ती गरेको भोलिपल्टै मंगलबार अमेरिकाले युद्धपोतसहित सैन्य अभ्यास गरेको सीएनएनले जनाएको छ।

यूएसएस थियोडोर रुजभेल्ट तथा यूएसएस निमिट्ज विमानवाहक जहाजसहित अन्य सैन्य जहाज र लडाकु विमानसहित अमेरिकी नौसेनाले सैन्य अभ्यास गरेको हो।

चीनले दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्दै आएको छ। तर चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

चीनले यस सागरमा कृत्रिम टापु खडा गरेको छ। जसको अन्य दाबीकर्ता मूलुकहरुले विरोध जनाउँदै आएका छन्।

यस क्रममा खुला इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाको लागि भन्दै अमेरिका, फ्रान्स लगायत देशका सेनाले गतिविधि बढाएका हुन्। अमेरिकी कार्यले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप पुगेको चीनको भनाइ छ।

तर दक्षिण चीन सागरका अन्य दाबीकर्ता मुलुकले भने अमेरिकी उपस्थितीको स्वागत गरेका छन्।

दक्षिण चीन सागरमा अमेरिका र फ्रान्सको पछिल्लो गतिविधिले चीन झनै रुष्ट बनेको छ।

चीनले डोनाल्ड ट्रम्पको कार्यकाल सकिए लगत्तै अमेरिकाबाट नरम नीतिको अपेक्षा गरेको थियो। तर सुरुवातमै बाइडेन प्रशासनले चीनलाई दक्षिण चीन सागरको विषयमा दबाब बढाएको छ।

यो पनिः चीनलाई अमेरिकापछि फ्रान्सको चुनौती, दक्षिण चीन सागरमा पनडुब्बीसहित गर्‍यो गस्ती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .