प्रधानमन्त्री केपी शर्मा ओलीले देवप्रसाद गुरुङलाई नेकपा संसदीय दलका प्रमुख सचेतक आफूले बनाएका कारण आफैँले हटाएको बताएका छन्।
सोमबार सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बनाउनेलाई हटाउने अधिकार हुने बताए।
‘देव गुरुङलाई मुख्य सचेतक मैले बनाएको हो, बनाउनेलाई हटाउने अधिकार पनि हुन्छ। त्यसैले हटाइदिएँ’, प्रधानमन्त्री ओलीले भने, ‘जरुरी परेको दिन उहाँहरुलाई पनि हटाइदिन्छु । अहिलेसम्म हटाएको छैन । उहाँहरुको पद केही पनि चलाइदिएको छैन ।’

प्रतिक्रिया