राजनीति


ट्रम्प अझै भन्छन्ः चुनावमा धाँधली भएकै हो, मै हुँ राष्ट्रपतीय निर्वाचनको विजेता

ट्रम्प अझै भन्छन्ः चुनावमा धाँधली भएकै हो, मै हुँ राष्ट्रपतीय निर्वाचनको विजेता

नेपालखबर
फागुन १७, २०७७ सोमबार ५:५१,

सो क्रममा उनले फेरि पनि नोभेम्बरको चुनावको वास्तविक विजेता आफू रहेको दाबी दोहर्‍याए।

जो बाइडेनले धाँधली गरेरै निर्वाचन जितेको उनको आरोप छ। तर यी आरोपहरुलाई अमेरिकाको अदालतले यसअघि नै खारेज गरिसकेको छ।

ट्रम्पको यही आरोपका कारण उनका समर्थकले अमेरिकी संसदमा तोडफोडसमेत गरेका थिए।

सो क्रममा ५ जनाको मृत्यु भएको थियो। त्यसपछि उनीमाथि महाभियोग लगाइने प्रक्रिया चलेको थियो।

तल्लो सदनमा उनीमाथि महाभियोग लगाउने प्रस्ताव पारित भएको थियो। तर सिनेटमा उनीमाथि महाभियोग लगाउने प्रस्ताव खारेज भएको थियो।

यद्यपी रिपब्लिकनकै केही सिनेटरहरुले ट्रम्पविरुद्ध भोट गरेका थिए।

अमेरिकाले नयाँ राष्ट्रपति पाइसक्दा र महाभियोगको मुद्दा खेप्दासमेत ट्रम्पले चुनावमा धाँधली भएको दाबी भने छाडेका छैनन्।

आइतबार सम्बोधनका क्रममा ट्रम्पले राष्ट्रपति जो बाइडेनको आलोचना गर्नुका साथै आफूले नयाँ पार्टी खोल्ने विषय हल्ला मात्र भएको पनि बताए।

उनले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्सलाई फ्लोरिडामा सम्बोधन गर्दै नयाँ पार्टी खोल्ने कुनै योजना नभएको उल्लेख गरेका हुन्।

उनले आफू सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीबाटै उम्मेदवार हुनसक्ने पनि बताएको बीबीसीले जनाएको छ।

‘अमेरिका फर्स्ट’ नीतिलाई बाइडेनले ‘अमेरिका लास्ट’ बनाएकोसमेत ट्रम्पको आरोप छ।

सीमा सुरक्षा र आप्रवासनबारेको आफ्ना कडा नीति उल्टाउने जो बाइडनको प्रशासनको कडा आलोचक बन्न पनि उनले सबैलाई आग्रह गरेका छन्।

ट्रम्पले के भने?

उनले भनेका छन्, ‘म तपाईंहरूलाई के भन्न आएको हुँ भने ४ वर्षअघि मैले जुन यात्रा सुरु गरेको थिएँ, त्यो अन्त्य भइसकेको छैन। म यहाँ आफ्नो भविष्यबारे कुरा गर्न आएको हुँ। मेरो आगामी यात्रा, हाम्रो पार्टीको भविष्य र प्यारो मुलुकको भविष्य।’

नयाँ पार्टी खोल्ने विषयमा उनले भने, ‘नयाँ पार्टी बनाइयो भने हाम्रो भोट विभाजन हुन्छ र हामी कहिले जित्न सक्दैनौं।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad