राजनीति


महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप

महाभियोगबाट मुक्तिपछि ट्रम्पको पहिलो भाषण, बाइडेनले ‘अमेरिका फर्स्ट’ नीतिलाई ‘अमेरिका लास्ट’ बनाएको आरोप

नेपालखबर
फागुन १७, २०७७ सोमबार ०:२४,

महाभियोगबाट मुक्त भएपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक सार्वजनिक मञ्चबाट भाषण गरेका छन्।

कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) मा पहिलो भाषण दिँदै ट्रम्पले राष्ट्रपति बाइडेनको आलोचना गरेका छन्।

बीबीसीका अनुसार उनले ‘अमेरिका फर्स्ट’को नीति बाइडेनले ‘अमेरिका लास्ट’ बनाएको आरोप लगाएका हुन्।

सीपीएसीको सम्मेलन (कन्फ्रेन्स) फ्लोरिडामा भएको हो। जसको प्रभाव रिपब्लिकनमा अहिलेसम्म छ। सीपीएसी सम्मेलनमा वार्षिक रूपमा हुन्छ। जसमा अमेरिकाभरिका रूढिवादी नेताले भाग लिन्छन्।

ट्रम्पले एक घण्टाभन्दा बढी भाषण गरे।

उनले भने, ‘म तपाईंहरूलाई के भन्न आएको हुँ भने ४ वर्षअघि मैले जुन यात्रा सुरु गरेको थिएँ, त्यो अन्त्य भइसकेको छैन। म यहाँ आफ्नो भविष्यबारे कुरा गर्न आएको हुँ। मेरो आगामी यात्रा, हाम्रो पार्टीको भविष्य र प्यारो मुलुकको भविष्य।’

त्यस क्रममा ट्रम्पले आफूले नयाँ राजनीतिक दल खोल्न लागेको भन्ने हल्ला झुटो भएको पनि बताए। उनले भने, ‘नयाँ पार्टी बनाइयो भने हाम्रो भोट विभाजन हुन्छ र हामी कहिले जित्न सक्दैनौं।

ट्रम्पले राष्ट्रपति बाइडेनको सुरुवाती निर्णयको आलोचना गरे। खासगरी प्रवासी नीतिविरुद्ध उनले आक्रमण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad