संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेपछि उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रतिरक्षा गरेका छन्।
२०५२ सालमा जे गरिएको र भनिएको थियो अहिले पनि त्यस्तै गर्न किन नमिल्ने भनेर रिमालले प्रश्न उठाएका हुन्।
‘प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनःस्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न यी विषयमा,’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा पनि थियौं र अहिले पनि छौं। त्यो बेला जे गरेका थियौंर भनेका थियौं, त्यसै गर्दा अहिलेचाहिँ नहुने किन रहेछ ?!’
याे पनि : माधव नेपाललाई ईश्वर पोखरेलको कटाक्ष : आफू उपप्रधानमन्त्री हुँदाको समय सम्झिनुस् !
प्रतिक्रिया