राजनीति


कांग्रेस नेतृत्व भरोसायोग्य नहुँदा समस्याः गगन थापा

कांग्रेस नेतृत्व भरोसायोग्य नहुँदा समस्याः गगन थापा

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १३:४१,

नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायीत्वका लागि नेपाली कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोश्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उनले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुँदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने बताएका हुन्। उनले संगठन बलियो र नेतृत्व भरोसायोग्य नभएका कारण युवाहरु भविष्य प्रति विश्वस्त हुन नसकेको उल्लेख गर्दै उनले पार्टीको तल्लो तहसम्मका भात्तृ संगठन सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले भने, ‘नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ति कांग्रेसबलिया र भरोसा योग्य हुनुपर्छ। कांग्रेस बलियो र भरोसायोग्य हुने भनेको कांग्रेसका वीङस्हरु बलियो हुनु हो। कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरवहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन।’

उनले कांग्रेसका सबै तहका नेतृत्वको आचरण र क्षमताले कांग्रेस बलियो र कमजोर हुने भएकाले नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याए।

नेता थापाले पार्टी नेतृत्वलाई युवालाई नेतृत्व हस्तान्तरण गर्ने र मुल कार्यक्रमको अग्रभागमा युवा र महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव पनि दिए। उनले पार्टी नेतृत्वले युवाहरुलाई भविश्यमा मुलुकको शासन र आर्थिक अवस्था कस्तो हुने भन्ने यथार्थ तस्वीर दिन सक्नुपर्ने बताए। उनले कांग्रेस सधै जनताको मन जित्ने अभियानमा लागिरहनुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘हामी मजदुर किसान पार्टी पनि होइन। भक्तपुरमा मादल बजाएर बस्ने। कांग्रेस हो जित्ने मन हुन्छ। देशभरी चुनाव लड्ने हो जितेन भने जितेन। अर्को पटक जित्ने हो।’

सम्मेलनले आगामी कार्यकालका लागि टिकाकला शर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय महिला समिति चयन गरेको छ। त्यसैगरी जेम्स जोशीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा समिति पनि चयन गरेको छ। सम्मेलनमा फियन अन्र्तगतका ७ वटा प्रदेश एवं ४५ वटा आवद्ध संघका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .