राजनीति


ढुंगाना भन्छन्ः जनताको जिम्मेवारीपूर्ण खबरदारी अवहेलनाको विषय हुन सक्दैन

 ढुंगाना भन्छन्ः  जनताको जिम्मेवारीपूर्ण खबरदारी अवहेलनाको विषय हुन सक्दैन

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १२:५३,

पूर्वसभामुख दमननाथ ढुंगानाले आफूविरुद्ध परेको अवहेलनाको मुद्दा खारेज गरिदिन माग गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्।

 बिहीबार लिखित जवाफ पेश गर्दै ढुंगानाले जनताको जिम्मेवारीपूर्ण खबरदारी अवहेलनाको विषय मानिन वा हुन नसक्ने भन्दै सर्वोच्च अदालतलाई उक्त मुद्दा खारेज गरिदिन माग गरेका हुन्।

पूर्वसभामुख दमननाथ ढुंगानाले आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेश गरेका छन्।

उनले बिहीबार पेश गरेको ९ बुँदे लिखित जवाफमा आफूले अदालतको अवहेलना नगरेको बताउँदै संविधान अनुसार विचार र अभिव्यक्ति स्वतन्त्रताको र सूचनाको हकको प्रयोग मात्रै गरेको जवाफ दिएका छन्।

संसद विघटनविरुद्ध आलोचना रोक्ने वा प्रतिबन्ध लगाउने नियतले आफूमाथि अवहेलना मुद्दा दर्ता भएको भन्दै त्यसलाई खारेज गर्न उनले सर्वोच्चसँग माग गरेका छन्।

पूर्वसभामुख ढुंगानाले जनताको जिम्मेवारीपूर्ण खबरदारी अवहेलनाको विषय मानिन वा हुन नसक्ने भन्दै सर्वोच्च अदालतलाई आफूविरुद्ध परेको अवहेलनाको मुद्दा खारेज गरिदिन माग गरेका हुन्।

‘न्यायालय पनि वस्तुतः समाजद्वारा समाजकै निमित्त राज्य र संविधानद्वारा निर्मित लोककल्याणकारी, परम जवाफदेही तथा सर्वोपरी जनमुखी न्याय प्रदाय राष्ट्रको उच्चतम् तथा महान् संस्था हो। तसर्थ पनि जनताको संयमित तथा जिम्मेदारीपूर्ण खबरदारी कदाचित अपहेलनाको विषयवस्तु मानिन वा हुन सक्दैन’, उनले जवाफमा लेखेका छन्।

अधिवक्ता राजाराम घिमिरेले ढुंगानामाथि संसद विघटनको मुद्दालाई प्रभावित गर्ने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दर्ता गरेका थिए। उक्त रिटमाथि अदालतले माघ १५ गते आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

फागुन ७ गते म्याद तामेल भएपछि ढुंगाना बिहीबार लिखित जवाफ लिएर सर्वोच्च पुगेका हुन्।

यसअघि प्रधानमन्त्री केपी ओली, चार पूर्वन्यायाधीशहरुले पनि अवहेलना मुद्दाको जवाफ दिइसकेका छन्।

 ढुंगानाको जवाफको पूर्णपाठ

daman11

daman22

daman33

daman44

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad