राजनीति


बीजेपी नेता भन्छन् : ओली ‘घर न घाट’ भएका छन्, भारतले चतुर कदम चाल्नुपर्छ

बीजेपी नेता भन्छन् : ओली ‘घर न घाट’ भएका छन्, भारतले चतुर कदम चाल्नुपर्छ

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ७:५९,

भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यन स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।

भारतको राज्य सभाका सदस्य रहेका स्वामीले भारतले त्यसो गर्न नसके चीनले नेपालमा भूमिका बढाउने बताएका छन्।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली ‘न घर न घाट’ को जस्तो अवस्थामा पुगेका बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उनको भनाइ छ।

बीजेपीका केन्द्रीय कार्यसमिति सदस्य रहेका उनले नेपाल संभवतः अब लोकतान्त्रिक अवस्थामा फर्किने र गठबन्धन सरकार बन्ने भनी बिहीबार सामाजिक सञ्जालमार्फत् आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन्।

‘ओली उनकै कदमका कारण अहिले ‘न घर न घाट’को अवस्थामा पुगेको हुँदा यहि बेला चिनियाँ प्रभावलाई निस्तेज पार्न भारतले केहि सिक्नैपर्छ,’ उनले भनेका छन्, ‘चिनियाँहरुले भूमिका बढाउने नै छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर (मूर्खतापूर्ण होइन) राजनीतिक चाल चाल्नुपर्छ।’

Subramanian

सर्वोच्च अदालतकाे मंगलबारकाे आदेशबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि नेपालमा नयाँ सरकार गठनका लागि कसरत सुरु भइरहेका बेला उनको यो भनाइ आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad