विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेतृत्व फेरिए पनि नियति नफेरिने भन्दै परिवर्तनका लागि आफूसँग हातेमालो गर्न सबैसमक्ष आह्वान गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा ‘नेतृत्व र नियति’ शीर्षकमा स्टाटस लेख्दै अध्यक्ष मिश्रले देश बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष प्रचण्डलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै तुलना गर्दै मिश्रले नेपाली राजनीतिको दसकौंदेखिको दुःखदायी नियति परिवर्तन गर्ने हो भने आफूसँग एकताबद्ध हुन सबैसँग आग्रह गरेका हुन्।
यस्तो छ उनको स्टाटस :
‘नेतृत्व र नियति’
५९ सालमा देउवाले संसद् विघटन गरे। आफैं बाहिरिए। ६६ सालमा प्रचण्डले सेना कब्जा गर्न खोजे। आफैं बाहिरिए। ओलीले संविधान नै कब्जा गर्न खोजे, विफल भए। अब फेरि नेतृत्व त फेरिने छ तर हाम्रो नियति फेरिने छैन। नेतृत्वसँगै नियति फेर्ने प्रयास नगर्ने हो भने हामी यत्तिकै रिङ्गी रहनेछौं।
नेपाली राजनीतिको दसकौंको दुःखदायी नियति परिवर्तन गर्न चाहनु हुन्छ भने आउनोस्, हातेमालो गरौं। ‘म टिप्पणी नै गरेर बस्छु, देश अरूले बनाइदेओस्’ भनेर पक्कै पनि बन्दैन। सबैको साथ र सहयोगको सख्त खाँचो छ।
Shares

प्रतिक्रिया