संसद् पुनर्स्थापना भएको खुसीयालीमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर जुलुस गर्ने भएको छ।
केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्ला सदरमुकाममा बिहान ८ बजे विजय जुलुस तथा सभा गर्ने कार्यक्रम छ।
यसैगरी मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा कार्यक्रम गर्ने नेकपाले जनाएको छ।
हेर्नुहोस्, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको आधिकारिक फेसबुक पेजमा जारी सूचना :
संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति...
Posted by Nepal Communist Party on Tuesday, February 23, 2021

प्रतिक्रिया