छापा खबर


यसरी कमल थापाकै लाइनमा आइपुगे केपी ओली

यसरी कमल थापाकै लाइनमा आइपुगे केपी ओली

नेपालखबर
फागुन १२, २०७७ बुधबार २:६,

जब कोही मान्छे दृष्टिकोणमा प्रष्ट हुँदैन, तब उसले पटक–पटक एउटै कुराको प्रष्टिकरण दिइरहनुपर्छ।

जस्तो कि, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्र नै सिध्याउन लागेको आरोप छ । र, उनले पटक–पटक भन्नुपर्ने भएको छ, ‘म गणतन्त्रका लागि १४ वर्ष जेल बसेको मान्छे।’

प्रधानमन्त्री यस्तो समस्यामा पर्नुको कारण हो, उनका बाध्यताद्वारा सिर्जित विसंगतिहरू । जनसभाहरू आयोजना गर्नुपरेको छ । मान्छे चाहिन्छ । हिन्दू धर्मको एजेण्डा बोक्छु भनेर पशुपतिमा ३० करोड दिन पुगेका छन् । ‘होला त’ भनेर हिन्दूवादीहरू पछि लागेका छन् । आरोप छ, संसद् विघटनमार्फत संविधान र व्यवस्था नै तलमाथि पार्न लागेको । अनि, भन्नुपरेको छ, ‘म गणतन्त्रवादी नै हुँ।’

२३ गते नारायणहिटीको सभामा नौलो कुरा बोल्दै छन् भनेर शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पत्रकार सम्मेलनमा भने । हिन्दू र राजावादीहरूको आशा थियो, उनीहरूको एजेण्डामाथि केही न केही सम्बोधन हुँदैछ । तर, प्रधानमन्त्रीले त्यस्तो केही बोलिदिएनन् । यसबाट उनीहरूले धोका पाएको महसूस गरेका छन् । भनिन्छ, राजावादी वकिलहरूले उनको पक्षमा सर्वोच्चमा बहस गरेको पनि त्यही भनेर हो । अहिले उनीहरू धोका पाइयो भन्नेमा पुगेका छन्।

दुःख कस्तो भने, राजावादीलाई फकाउनु छ, गणतन्त्रवादीलाई पनि फकाउनै परेको छ । त्यसैले उहाँ अहिले ‘संविधानको रक्षा गर्छु, लोकतन्त्र खान्न, गणतन्त्र मास्दिनँ, मेरो प्रतिवद्धता छ’ भन्नुपर्ने स्थितिमा पुगेका छन्। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

हिजो कमल थापा केपी ओलीको क्याबिनेटमा मन्त्री हुँदा ‘यो संविधानप्रति प्रतिबद्ध छु’ भनेर स्पष्टिकरण दिनु परेजस्तो आज त्यो दुःख केपीमै आइलागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad