राजनीति


कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गर्छ : देउवा

कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गर्छ : देउवा

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १३:३६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने निर्णय गरेसँग मंगलबार साँझ प्रतिक्रिया दिँदै सभापति देउवाले कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्ने बताएका हुन्।

आफूले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको र अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको उनको दावी छ।

‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ’, देउवाले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad