नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाले जनताको जित भएको बताएका छन्।
मंगलबार साँझ सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने फैसला गरेपछि सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले सर्वोच्चको फैसलाले अधिनायक आकांक्षालाई समेत बदर गरेको बताएका छन्।
उनले विघटनलाई बदर गरिदिने न्यायमूर्तिहरुलाई लाख लाख सलाम भनेका छन्।
‘न्यायमूर्तिहरुलाई लाख लाख सलाम१ संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो। फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ। संविधान रक्षा गर्दै जनताको जित भएको छ’, ट्विटरमा प्रवक्ता शर्माले लेखेका छन्।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 23, 2021न्याय मुर्तिहरुलाई लाख लाख सलाम !
संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो l फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ l संविधान रक्षा गर्दै जनताको जीत भएको छ l

प्रतिक्रिया