नेकपा नेता योगेश भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसला सुनाएर स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचो बनाएको बताएका छन।
सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याइदिएको हो।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएकाे हाे।
प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेकाे हाे।
फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बाेलाउन आदेश समेत दिइएकाे छ।
उक्त निर्णय उपर टिप्पणी गर्दै भट्टराईले ट्विटरमा लेखेका छन्, 'सर्वोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उँचो गरेको छ। मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ। सम्माननीय प्रधानन्यायधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। जनताको जित, लोकतन्त्रको जित।'

प्रतिक्रिया