प्रतिनिधि सभा विघटनविरुद्ध सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले सो मुद्दाका रिट निवेदकहरुलाई अहिले इजलासमा बोलाएको छ।
अहिले रामशाह पथस्थित सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अदालत परिसरमै रहेका नेपालखबरका संवाददाता उजिर कार्कीका अनुसार अहिले त्यहाँ तैनाथ सुरक्षाकर्मीको संख्या पनि उल्लेख्यरुपमा बढाइएको छ।
रामशाह पथ, माइतीघर लगायतका क्षेत्रमा पनि सुरक्षाकर्मीको संख्या बढाइएको छ भने सर्वसाधारणको आवतजावत समेत सो क्षेत्रमा नियन्त्रण गरिएको छ।

प्रतिक्रिया