राजनीति


संसद् पुनर्स्थापना भए पनि प्रचण्ड र माधव प्रधानमन्त्री बन्ने सम्भावना छैन : ओली

संसद् पुनर्स्थापना भए पनि प्रचण्ड र माधव प्रधानमन्त्री बन्ने सम्भावना छैन : ओली

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ११:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएका छन्।

आइतबार दिउँसो आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले संसद् पुनर्स्थापनापछि प्रचण्ड–माधव प्रधानमन्त्री बन्न खोज्ने भन्दै त्यसको कुनै सम्भावना नरहेको बताएका हुन्।

‘प्रतिनिधि सभा पुनर्स्थापना भयो भने प्रचण्ड र माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर, कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुको कुनै चान्स छ? कुनै सम्भावाना छ प्रधानमन्त्री हुने? विलकुल छैन। एक प्रतिशत मात्रै होइन कि एक प्रतिशतभन्दा पनि तलतल।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले लडाइँ जिते पनि प्रधानमन्त्री माग्न आफैसँग आउनुपर्ने बताए।

‘लडाइँ जित्नु भो भने उहाँहरुले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने हुन्छ’, उनले भने, ‘खोज्दै हिँडेर अन्त्यमा मैकहाँ आइपुग्नुपर्छ।’

उनले संसद् पुनःस्थापना भए के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा भएको बताए। उनले पुनर्स्थापना भयो भने देश अस्थिरतातिर जाने भन्दै अदालतले देशलाई अस्थिरतातिर लैजाने गरी निर्णय गर्छ आफूलाई नलागेको बताए।

प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिकता र सूर्य चिन्ह पनि आफूहरुले नै पाउने दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad