राजनीति


प्रचण्डको वैचारिक नेतृत्व र सांगठनिक क्षमता महत्वपूर्ण छ : योगेश भट्टराई

प्रचण्डको वैचारिक नेतृत्व र सांगठनिक क्षमता महत्वपूर्ण छ : योगेश भट्टराई

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ७:३७,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक नेतृत्व र सांगठनिक क्षमता महत्वपूर्ण रहेको बताएका छन्।

मंगलबार काठमाडौँमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा नेता भट्टराईले जनयुद्धका सबै विषयमा मत नमिले पनि त्यो इतिहास भएको बताए।

उनले कुनै कुरा थाल्नु बाहादुरी नभए पनि त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनु महत्वपूर्ण कुरा भएको बताउँदै उनले जनयुद्धलाई प्रचण्डले कमभन्दा कम क्षतिमा तार्किक निष्कर्षमा पु¥याएको बताए।

‘२०५२ साल फागुन १ गते प्रचण्डको नेतृत्वमा जनयुद्धको सुरुवात भयो, त्यसलाई मैले एउटा घटनाका रुपमा बुझ्छु’, उनले भने, ‘त्यो घटनालाई तब म महत्वका साथ हेर्छु जब कमरेड प्रचण्डको नेतृत्वमा १० वर्षे सशस्त्र संघर्षलाई कमभन्दा कम क्षतिमा शान्तिपूर्ण अवतरणका साथ तार्किक निष्कर्षमा पुर्‍याउने काम भयो, मलाई लाग्छ, प्रचण्डको वैचारिक नेतृत्व र सांगठनिक क्षमता महत्वपूर्ण छ।’

उनले प्रचण्डले धैर्यता र वुद्धिमतापूर्ण ढंगले निकर्षमा पुर्‍याएका कारण विश्वमा सशस्त्र संघर्ष सत्यनास हुँदा पनि नेपालमा भने विनास भोग्नु नपरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad