प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन लागेको कञ्चनपुरको कार्यक्रममा जान लागेका अधिकारकर्मीलाई रोकिएको छ।
निर्मला हत्याका दोषी पक्राउ गरी कारबाही गर्न माग गर्ने कञ्चनपुरका स्थानीय महिला अधिकारकर्मीलाई साे कार्यक्रममा जान राेकिएकाे हाे।
स्थानीय अधिकारकर्मी शारदा चन्द, लक्ष्मी मल्ल, आनन्दी राना र निर्मला भट्ट लगायतलाई दैरीचौकमै रोकिएको थियो।

हत्यारा पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउन चाहेका उनीहरुलाई कार्यक्रमस्थलसम्म जान रोकिएको हो।
प्रधानमन्त्री ओली कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यासका लागि सो ठाउँ पुगेका हुन्।

प्रतिक्रिया