कारोबार


रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने

रियलमी ‘जीटी’ विश्वभर मार्च ४ मा सार्वजनिक हुने

नेपालखबर
फागुन १०, २०७७ सोमबार ७:२७,

स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’बाट बजारमा ल्याउन लागिएको छ।

‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो।

‘चुनौतीदेखि उन्नति’सम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रुतगतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ। कम्पनीले यस सिरिजको पर्फमेन्सलाई विशेष ध्यानमा राखेर मोबाइल फोनको निर्माण गरेको छ।

हाल विश्वभर रियलमीका इन्ट्री लेभलदेखि फ्लैगसिप लेबलसम्मका ‘सी’ सिरिज, ‘नम्बर’ सिरिज र ‘एक्स’ सिरिजका स्मार्टफोनहरू तीव्र रुपमा लोकप्रिय बन्दै गएका छन्। कम्पनीले ‘जीटी’ ब्राण्डको यो स्मार्टफोन नयाँ जेनेरेसनका युवाहरूको मागलाई सम्बोधन गर्ने गरी निर्माण गरेको छ।

नयाँ फ्लैगसिप सिरिज, नयाँ यात्रा
सन् १९६० को दशकमा कम्फर्टेबल अनुभूतिका साथै लामो र आरामदायी यात्राका लागि सोअनुसार डिजाइन गरिएको माग उच्च भएपछि जीटी स्पोर्ट कारको उत्पादन शुरू भएको थियो। जीटी कारको पर्फमेन्स सामान्य कारको भन्दा उत्कृष्ट हुने धारणा जनमानसमा रहेको पाइन्छ।

नयाँ पर्फमेन्ससहितको फ्लैगसिप सिरिजको यो स्मार्टफोन स्नैपड्रैगन ८८८ प्रोसेसरयुक्त रहेको छ। जीटीको आफ्नै विशिष्ट महत्व रहेको छ, यसको प्रयोग उन्नत लाग्ने मात्र नभएर यसल ेनिरन्तर वृद्धिको अनुभूति दिलाउने तथा अन्य विश्वसनीय क्षमताहरु पनि रहेको कम्पनीको रहेको छ।

विशेषगरी युवापुस्तालाई लक्षित गरी मोबाइलको डिजााइन गरिएकाले युवापुस्तामा यो मोबाइल फोन लोकप्रिय हुने विश्वास कम्पनीको छ, यो केबल रेसिङको रुपमा मात्र नभएर युवापुस्तालाई आत्मिक सन्तुष्टि दिँदै नयाँ धारणा विकास गर्न सक्ने दाबा कम्पनीको छ।

चुनौतीदेखि उन्नतिसम्म, नयाँमार्गमा सफलता
सन् २०२० मा विभिन्न चुनौतीको सामना सहित नयाँ अवसरहरूका साथ रियलमी स्मार्टफोन उद्योगको क्षेत्रमा बलियो प्रतिस्पर्धी बन्दै द्रूत रूपमा उदाएको छ। लगातार वर्षको दुई त्रैमासिक भित्रै तीव्र बजार विस्तार गरेको यस कम्पनीलाई ‘काउन्टरपोइन्ट’ले विश्वभर सबैभन्दा चाँडो ५ करोड मोबाइल फोन विक्री गर्ने कम्पनीको सूचिमा राखेको छ।

सन् २०२१ मा रियलमी ‘जीटी’ ले रियलमीका उत्पादन एवं ब्राण्डलाई अपग्रेड गर्दै राम्रो उत्पादन, उत्कृष्ट प्रविधि भित्र्याएर मध्यदेखि उच्च बजारमा नयाँ ट्रेन्ड स्थापना गर्ने विश्वास गरिएको छ। जसले युवापुस्तालाई उन्नति गर्ने आँट दिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad