प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री ओलीका पछिल्ला तीन कदमले दलको आधिकारिकता र प्रतिनिधि सभा पुनर्स्थापनाबारे बुझ्न सहयोग पु¥याउने बताएका छन्।
नेता रिजालले प्रधानमन्त्री ओलीका पछिल्ला तीन कदम ‘नोट’ गर्न योग्य रहेको बताउँदै तिनै तीन कदमबाट नेकपाको आधिकारिकता कसले पाउँछ र प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, हुँदैन भन्ने कुरा स्पष्ट हुने बताएका छन्।
नेता रिजालले ओलीले तीन कदम भनेर निर्वाचन आयोगप्रति गरेको गुनासो, प्रतिनिधि सभा विघटनको विपक्षमा फैसला आए आन्दोलन गर्ने चेतावनी र प्रचण्ड–नेपाल समूहमा रहेका विघटित प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ र प्रदेशसभा सदस्य उषाकला राईलाई आफ्नो समूहमा ल्याउनका लागि गरेको मिहिनेतलाई उल्लेख गरेका छन्।
‘प्रम केपी ओलीका ३ कदम ‘नोट’ गर्न योग्य छन्। यसबाट दलको आधिकारिकता र प्रतिनिधिसभा पुनर्स्थापनाका बारेमा सहजै बुझ्न सकिन्छः १ निर्वाचन आयोगले देखिने गरी काम गर्न नसकेको गुनासो। २ सेटिङमा मुद्दा हराएमा आन्दोलन गर्ने घोषणा। ३ ठूलो मिहिनेतमा प्रस सदस्य शेरबहादुर तामाङलाई ल्याउने कदम।’
— Bishnu Rijal (@bishnurijal1) February 21, 2021प्रम केपी ओलीका ३ कदम ‘नोट’ गर्न योग्य छन्।यसबाट दलको आधिकारिकता र प्रतिनिधिसभा पुनर्स्थापनाका बारेमा सहजै बुझ्न सकिन्छ:
१.निर्वाचन आयोगले देखिने गरी काम गर्न नसकेको गुनासो।
२.सेटिङमा मुद्दा हराएमा आन्दोलन गर्ने घोषणा।
३.ठूलो मिहिनेतमा प्रस सदस्य शेरबहादुर तामाङलाई ल्याउने कदम।
प्रतिक्रिया