ad ad

राजनीति


सत्ताको मातले बर्बराइरहेका प्रधानमन्त्रीको धम्कीबाट अदालत विचलित हुनुहुँदैन : गुरुङ

सत्ताको मातले बर्बराइरहेका प्रधानमन्त्रीको धम्कीबाट अदालत विचलित हुनुहुँदैन : गुरुङ

नेपालखबर
फागुन ९, २०७७ आइतबार ६:४,

नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको धम्कीबाट अदालत रत्तिभर विचलन हुन नहुने बताएका छन्।

नेता गुरुङले संसद विघटनको विपक्षमा फैसला आएका आए आन्दोलन गर्ने प्रधानमन्त्रीको भनाइलाई लिएर अदालत विचलित हुननहुने बताएका हुन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले सत्ताको मातले बर्बराइरहने प्रधानमन्त्रीका कुराप्रति अदालतले चासो राख्नु नपर्ने बताएका हुन्। उनले अदालतले संविधानका धारामा टेकेर फैसला गर्नुपर्ने बताए।

‘संसद विघटनको पक्षमा अदालतको फैसला नआए आन्दोलन गर्ने प्रम ओलीको धम्कीबाट अदालत रत्तिभर बिचलित हुनुहुँदैन। सत्ताको मातले बर्बराइरहने प्रमको कुराप्रति अदालतले चासो राख्नुपर्दैन। जे छ संविधानमा छ र संविधानको धारामा टेकेर फैसला आओस्’, गुरुङले ट्विटरमा लेखेका छन्।

नेकपा ओली समूहले हिजो शनिबार विराटनगरमा आयोजना गरेको प्रदेश १ स्तरीय आमसभामा समूहका अध्यक्ष ओलीले देश र जनताका पक्षमा फैसला नआए (संसद् विघटन बदर गरिए) आन्दोलन हुने चेतावनी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .