आठ महिनाअघि गलवान उपत्यकामा सीमा सुरक्षाका क्रममा भारतका सेनासँग भिडन्त गरेकामध्ये एक सैनिकलाई चीनले सम्मान गरेको छ।
२० भारतीय र ४ आफ्ना सैनिकको ज्यान जानेगरी गत जुन १५ मा भएको झडपमा देशको भूमि रक्षाका लागि बहादुरितापूर्वक संघर्ष गरेको भन्दै चिनियाँ केन्द्रीय सैन्य आयोग (चाइना सेन्ट्रल मिलिट्री कम्मिसन) ले आफ्ना सैन्य अधिकारी छि फेपाओलाई ‘सीमा रक्षामा वीर रेजिमेन्टल कमान्डर’ उपाधिले सम्मान गरेको हो।
उनले भारतीय सैनिकसँग विवाद गरिरहेको भिडिओसमेत चीनले सार्वजनिक गरेको छ।
तलको भिडिओको क्याप्सनमा भनिएकाे छ- जाडोको ज्याकेट लगाएका सैनिकलाई उपाधि प्रदान गरिएको हो।
हेर्नुहोस् :
#China China Central Military Commission has honored the "Heroic Regimental Commander in Border Defense" to Qi Fabao, (the #PLA officer in winter coat in video), for safeguarding the country’s territory in last June’s #GalwanValley skirmish. pic.twitter.com/GXEtQmUEQz
— Shen Shiwei沈诗伟 (@shen_shiwei) February 19, 2021याे पनि :
भारतका २० र चीनका ४ सैनिक मृत्यु भएको झडपको भिडिओ सार्वजनिक (हेर्नुहोस्)
यी हुन् भारतीय सेनासँगको झडपमा मारिएका चिनियाँ सेना, अन्तिम पत्रमा यसो भनेका थिए...

प्रतिक्रिया