राजनीति


शेरबहादुर र उषाकला ओली समूहमा प्रवेश, विराटनगर सभामा घोषणा

शेरबहादुर र उषाकला ओली समूहमा प्रवेश, विराटनगर सभामा घोषणा

नेपालखबर
फागुन ८, २०७७ शनिबार ६:११,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन्।

केन्द्रीय सदस्य तामाङले आफू ओली समूहमा फर्कन लागेको बताए।

उनले शनिबार आफू गृहजिल्लाको कार्यक्रममा व्यस्त रहेका कारण विराटनगरमा आयोजित आमसभा सहभागी हुन नसकेको बताउँदै सोही आमसभामा प्रधानमन्त्री ओलीले आफूहरुको प्रवेशबारे घोषणा गर्ने जानकारी दिए।

‘प्रधानमन्त्रीसँग बिराटनगरमा हुने आमसभामा सहभागी हुने कार्यक्रम थियो। तर जिल्लामै दुई वटा कार्यक्रम रहेकाले सहभागी हुन नपाउने भएँ’, तामाङले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीले बिराटनगरमा आयोजना हुने आमसभामा घोषणा गर्नुहुने छ।’

लामो समयसम्म नेकपा अध्यक्ष माधवकुमार नेपालसँग निकट रहेका तामाङ र राई पति–पन्त्नी हुन्।

सिन्धुपाल्चोकका तामाङ विघटित प्रतिनिधिसभाका सदस्य हुन् भने राई प्रदेश १ की प्रदेशसभा सदस्य हुन्।

यसअघि पुस ६ गते ओली पक्षको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका तामाङ त्यसको केही सयमपछि प्रचण्ड–नेपाल समूहमा गएका थिए।

उनले पूर्व एमालेहरु एक हुनुपर्ने बताउँदै त्यसैका लागि आफू ओली नेतृत्वको नेकपामा फर्किंन लागेको बताए।

‘पूर्व एमालेहरु एकै स्थानमा हुनुको विकल्प छैन’, तामाङले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad