राजनीति


डा. भट्टराईको प्रश्न : खड्गप्रसादले संविधान र कानुनविरुद्ध खड्ग प्रहार गरिरहने, अरू तमासे बनिरहने?

डा. भट्टराईको प्रश्न : खड्गप्रसादले संविधान र कानुनविरुद्ध खड्ग प्रहार गरिरहने, अरू तमासे बनिरहने?

नेपालखबर
फागुन ८, २०७७ शनिबार ५:२९,

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै संविधान र कानुनमाथि प्रहार गरिरहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीले संसविधान र कानुनमाथि प्रहार गर्दा अरु रमिते बनेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को नियुक्ति, प्रदेश प्रमुखको बर्खास्ती, सचिव र कर्मचारीको सरुवा, फास्ट ट्रयाक, तल्लो अरुण आदि सबैमा विधि, प्रक्रिया र कानुन मिचेको आरोप लगाएका छन्।

डा. भट्टराईले हिटलर पनि लोभी र कायरको काँध चढेर आएको बताउँदै ओलीका गतिविधिप्रति मौन नबस्न सबैमा आग्रह गरेका छन्।

‘खड्गप्रसादले संविधानरकानूनरलोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहनेस् अरू तमासे बनिरहने? डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति ! प्रदेश प्रमुख बर्खास्त! सचिव र कर्मचारीहरूको पजनी ! फास्ट ट्रयाक, तल्लो अरूण झ्वाम !नभुलौँ-हिटलर लोभी/कायरकै काँध चढेर आएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad