संसद् विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आज (शनिबार) संखुवासभा जाँदै छन्।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आज दिउँसो पार्टीको संखुवासभा जिल्ला कमिटीले आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष त्यता जान लागेका हुन्।
नेकपाका विदेश विभागका उपप्रमुखसमेत रहेका रिजालले प्रतिगमनविरुद्ध पार्टीले विभिन्न तहमा कार्यक्रम गरिरहेकाे जानकारी दिए।
याे पनि : विराटनगरमा आज ओली समूहको आमसभा, प्रधानमन्त्री–गृहमन्त्रीसहितको टोली जाँदै

प्रतिक्रिया