राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध जसपाले फागुन ९ गते देशैभर प्रदर्शन गर्ने

प्रतिनिधि सभा विघटनविरुद्ध जसपाले फागुन ९ गते देशैभर प्रदर्शन गर्ने

नेपालखबर
फागुन ५, २०७७ बुधबार १२:५०,

प्रतिनिधि सभा विघटनपछि सडक संघर्षमा उत्रिएको जनता समाजवादी पार्टीले फागुन ९ गते देशभर प्रदर्शन गर्ने भएको छ।

बुधबार बसेको पदाधिकारीको बैठकले फागुन ९ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जनाकारी दिए।

फागुन ९ जसपाले काठमाडौँको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठनहरू र पार्टीका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिले संयुक्त आन्दोलन गर्ने  बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै बैठकले फागुन ९ गते नै देशभरिका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको छ।

जसपाले उक्त कार्यक्रममा सहभागी भइ सफल बनाइदिन सबैमा अनुरोध समेत गरेको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि जसपा सडक संघर्षमा उत्रिएको हो। जसपाले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सबै पार्टीले संयुक्त रुपमा संघर्ष गर्नुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad