राजनीति


बागमती प्रदेश सभाको बैठक बस्दै, अविश्वास प्रस्ताव पारित गर्न कति मत आवश्यक?

बागमती प्रदेश सभाको बैठक बस्दै, अविश्वास प्रस्ताव पारित गर्न कति मत आवश्यक?

नेपालखबर
फागुन ५, २०७७ बुधबार ३:४,

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको बागमती प्रदेश सभाको बैठक आज (बुधबार) बस्ने भएको छ।

मुख्यमन्त्री पौडेलले बैठक रोक्ने प्रयास गरे पनि प्रचण्ड–नेपाल पक्षले दबाब दिएपछि प्रदेश सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो २ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन्।

बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध पेस अविश्वास प्रस्तावमा दलगत धारणा राख्ने तयारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री ओलीनिकट नेता हुन्।

मुख्यमन्त्री पौडेलविरुद्ध सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल पक्षले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको हो।

गत माघ ९ गते त्यो प्रस्ताव टेबुल भए पनि छलफल सुरु हुन सकेको छैन।

अविश्वास प्रस्ताव पारित हुन प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले साथ दिनुपर्ने हुन्छ। तर कांग्रेसले अहिलेसम्म आफ्नो कित्ता प्रस्ट पारेको छैन।

बागमती प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ सांसद तथा एक जना स्वतन्त्र सदस्य छन्।

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न दुईतिहाइ बहुमत आवश्यक हुन्छ। अर्थात् प्रदेश सभाका कूल ११० सदस्यमध्ये ५६ सांसदले मत दिनुपर्ने हुन्छ। हाल प्रचण्ड–नेपाल पक्षसँग ४५ सांसद छन्। अब थप ११ सांसदको मत आवश्यक छ।

यस्तै यसको उल्टो मुख्यमन्त्री पौडेललाई आफ्नो सरकार जोगाउन थप ५६ सांसदको साथ आवश्यक छ। किनकि उनका पक्षमा अहिले ३५ प्रदेश सांसद मात्र छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गराएलगत्तै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै विभाजित छ। ओली पक्ष सरकारको प्रतिरक्षामा छ भने प्रचण्ड–नेपाल समूह ओलीको कदमविरुद्ध आन्दोलनरत छ। त्यसैको असर प्रदेश सभाहरूमा पनि परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad