राजनीति


कांग्रेसले भन्यो : बैतडी घटना निन्दनीय, दोषीलाई तत्काल पक्राउ गर

कांग्रेसले भन्यो : बैतडी घटना निन्दनीय, दोषीलाई तत्काल पक्राउ गर

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १३:२६,

नेपाली कांग्रेसले बैतडीमा आफ्नो पार्टीका नेताहरुमाथि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले नियोजित रुपमै आक्रमण गरेको बताएको छ।

मंगलबार दिउँसो बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री ओली निकट कार्यकर्ताले आक्रमण गर्दा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र शैल्यशिखर नगरपालिकाका तरुण दल सभापति सुरेश विष्टसहितका नेता कार्यकर्ता घाइते भएका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो पार्टीका नेताहरुमाथि नियोजित रुपमा आक्रमण गरिएको उक्त घटना नियोजित र निन्दनीय भएको बताएका छन्।

‘बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेको समयमा आज अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ।

उनले घटनामा केही सवारीसाधनमाथि टोडफोड गरिएको र तरुण दलको प्रतिकारपछि मात्रै कार्यक्रम सम्भव भएको बताएका छन्।

याे पनि :  ओली पक्षका कार्यकर्ताले कांग्रेसको सभामा ढुंगामुढा गर्दा नेता एनपी साउदसहित दुईजना घाइते

उनले नेकपाका स्थानीय कार्यकर्ता उग्र बन्नुमा केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको भन्दै कांग्रेसले यस्तो प्रवृत्ति त्याग्न चेतावनी दिएको छ। कांग्रेसले घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग समेत गरेको छ।

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ। यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिँदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

 Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad