हालै भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले हालका गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाएको बताएका थिए।
सन् २०१८ मा तत्कालिन बीजेपी अध्यक्ष शाहले दिएको अभिव्यक्ति उदृत गर्दै मुख्यमन्त्री विप्लव कुमारले भनेका थिए, ‘अमित शाह जब भाजपाका अध्यक्ष थिए, तब उनले भनेका थिए– पार्टी आफ्नो दायरा बढाउन चाहन्छ र नेपाल र श्रीलंकामा शासन गर्ने योजना बनाइरहेको छ।’
— Congress (@INCIndia) February 15, 2021इन जैसे लोगों के बेवकूफी भरे बयानों की वजह से आज भारत के पड़ोसी देशों के साथ रिश्ते सबसे खराब दौर में पहुंच चुके हैं। pic.twitter.com/z4z00CmglL
देवको भनाइ सार्वजनिक भएसँगै विपक्षी दल काँग्रेस आईले भाजपा सरकारका कारण नेपालसँगको सम्बन्ध खराब अवस्थामा पुगेको बताएको हो।
काँग्रेसले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा देवको फोटो र भनाइ राख्दै भनेको छ,‘यस्ता व्यक्तिहरुको बकवास बयानका कारण भारत र छिमेकी राष्ट्रको सम्बन्ध खराब अवस्थामा पुगेको छ।’

प्रतिक्रिया