ad ad

राजनीति


संसद् विघटन मुद्दाको बहस अन्त्यतिर, आजदेखि एमिकस क्युरीको राय

संसद् विघटन मुद्दाको बहस अन्त्यतिर, आजदेखि एमिकस क्युरीको राय

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १:५,

संसद विघटन मुद्दामा आज (मंगलबार) बाट एमिकस क्युरीको बहस सुरु हुँदै छ।

रिट निवेदक तर्फको जवाफी बहस हिजो (सोमबार) सकिएसँगै आजदेखि एमिकस क्युरीमा आबद्ध ५ अधिवक्ताले बहस गर्ने भएका हुन्।

एमिकस क्युरीमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना छन्।

एमिकस क्युरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्।

उनीहरूले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतलाई राय दिनेछन्। एमिकस क्युरिको रायपछि करिब एक हप्तामा फैसला आउने कानुन व्यवसायीको अनुमान छ।

केपी ओलीले गत पुस ५ गते संसद विघटन गरेका थिए। जुन कदम  गैरसंवैधानिक भन्दै सर्वाेच्च अदालतमा परेका रिट सम्बन्धमा झन्डै डेढ महिनादेखि सुनुवाइ जारी छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हाे।

याे पनि :  

चोलेन्द्रशमशेरले पक्कै पढे होलान् त्यो जवाफ, ओलीले पनि पढून्

संवैधानिक इजलासमै पुग्न सक्छ पूर्वप्रधानन्यायाधीशहरुको मुद्दा र जवाफ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .