ad ad

राजनीति


म्यान्मारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ, इन्टरनेट पनि बन्द

म्यान्मारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ, इन्टरनेट पनि बन्द

नेपालखबर
फागुन ३, २०७७ सोमबार ०:३,

म्यान्मारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएका छन्।

बीबीसीका अनुसार स्थानीय समय १ बजेपछि त्यहाँ इन्टरनेट पनि बन्द गरिएको छ। त्यहाँको सैनिक सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल यसअघि नै बन्द गराइसकेको छ।

म्यान्मारी सेनाले यही फेब्रुअरी १ देखि नेत्री आङ सान सुची, राष्ट्रपति, मन्त्रीहरूसहित सबै प्रजातान्त्रिक नेतालाई नजरबन्दमा राखेर सत्ता हातमा लिएको हो। जसको विरोधमा लगातार भइरहको जनप्रदर्शन रोक्न सडकमा सैनिक तैनाथ गरिएको अनुमान गरिएको छ।

सैन्य कुविरुद्ध म्यान्मारका नागरिकले देशको उत्तरस्थित काचिनमा लगातार ९ दिनदेखि प्रदर्शन गरिरहेका छन्। यहाँ सुरक्षाकर्मीले प्रदर्शनकारीलाई गोली पनि चलाएको खबर छ।

म्यान्मारमा कार्यरत नेपाली पत्रकार दीपक भट्टराईले ११ घण्टाअघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘बर्मा (म्यान्मार) मा राति ८ बजेदेखि कर्फ्यु लाग्यो। सैनिक ट्याङ्क सडकमा निस्केका छन्। सुरक्षाकर्मीले दिउँसो आन्दोलनमा गएकालाई राति समात्छन् भन्ने शंकामा स्थानीयबासी रातभर पालो बाँडेर जाग्राम बस्दैछन्।’

myanmarbakhtar1

संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यान्मारका सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको आरोप लगाएका छन्।

म्यान्मारका लागि राष्ट्र संघका विशेष अधिकारी टम एन्ड्र्युजले म्यान्मारका सेना प्रमुखले हतास मानसिकता देखाएको टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस्तो लागिरहेको छ, म्यान्मारको सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको छ, आधा रातमा छापा मारिरहेको छ, नागरिकलाई गिरफ्तार गरिरहेको छ, उनीहरूको अधिकार खोसिरहेको छ। साथै इन्टरनेट पनि बन्द गराएको छ। सेना आवास क्षेत्रमा प्रवेश गरिरहेको छ। यस्तो लागिरहेको छ, सैनिक जनरल हतास भएका छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .