राजनीति


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम डिसेम्बरमै सक्नुपर्छः मन्त्री भट्टराई

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम डिसेम्बरमै सक्नुपर्छः मन्त्री भट्टराई

नेपालखबर
साउन २३, २०७६ बिहिबार ९:४१,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम डिसेम्बरभित्रै सकिसक्नुपर्ने बताएका छन्।

 बिहीबार निर्माणधीन विमानस्थलको निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थलको निर्माणसँग पर्यटन वर्ष २०२० को भविष्य जोडिएको हुँदा डिसेम्बर ३० भित्रै सक्नुपर्ने बाध्यता रहेको बताए।

 ‘नेपाल भ्रमण वर्ष २०२० सफल हुन्छ कि असफल भन्ने कुरा विमानस्थलको निर्माणसँग जोडिएको छ।’, उनले भने, ‘भ्रमण वर्ष सफल बनाउनका लागि पनि यसको निर्माण तोकिएको समयमै सम्पन्न गर्नुपर्छ।’

मन्त्री भट्टराईले गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आफ्ना लागि परीक्षाको विषय एको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा डिसेम्बरभित्रै निर्माण सक्ने बताउँदै आएको स्मरण गराउँदै उनले आफूले मन्त्रिको शपथ लिएपछि पनि प्रधानमन्त्रीले आफूलाई यसबारे स्मरण गराएको उनको भनाइ थियो।

मन्त्री भट्टराइले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा बताए। उँदै राखेको बताउनुभएको छ ।

‘जुन हिसाबले काम भइरहेको छ, त्यो हिसाबले अबको चार महिनामा ती सबै काम पूरा हुन्छ’, उनले भने

उनले पर्यटकको संख्या बढाउनका लागि लुम्बिनीको विकास र सौन्दर्यका लागि नयाँ ढङ्गले काम अगाडि बढाइने बताए।

विमानस्थलमा भइरहेको कामबारे जानकारी गराउँदै विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले निर्माण सामग्रीको अभाव नभए समयमै काम पूरा हुने बताए। ‘निर्माण सामग्री रोकिँदा बीचमा केही समस्या भयो। अहिले काम तीव्र रुपमा अगाडि बढेको छ’, उनले भने।

धावनमार्ग तयार भएसँगै विमानस्थलमा जहाज अवतरण र उडान गर्न मिल्ने भएको उनको भनाइ थियो। पहिलोपटक रुपन्देही आउनुभएका मन्त्री भट्टराई उक्त विमानस्थल निरीक्षण गर्नाका साथै बुद्धको अस्तुधातु राखिएको स्थान नवलपरासीको रामग्राम र बुद्धको मावली देवदह पुगेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .